मुगुमा हिउँपहिरोमा बेपत्ताको खोजी गर्न हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान

मुगु | बैशाख २५, २०८०

मुगुमा हिउँपहिरोमा बेपत्ताको खोजी गर्न हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान तस्बिर फाइल

मुगु:    च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् । 


हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित २० जना  रहेका जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो । यही वैशाख २२ गते नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ ।


हिउँ, उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको पनि निप्रनाउ पन्थीले बताउनुभयो । 


स्थलमार्गबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृहमन्त्रालयले हेलिकप्टर सहित उद्धारकर्मी पठाएको हो । मुगुम कार्मारोङ गाउँपालिकाले यार्सा पाइने पाटन क्षेत्रमा आगामी जेठ ४ गते सङ्कलकलाई राजस्व काटेर प्रवेश गराउने सूचना गरिरहँदा जुम्ला जिल्ला पातारासी गाउँपालिका–२ तल्फी गाउँका १५  स्थानीय अवैध बाटो भएर  पाटनतर्फ प्रस्थान गरेका जनाइएको छ  । पाटनमा जाँदै गर्दा च्याखु लेकमा यही वैशाख २२ गते दिउँसो १ बजे माथिबाट हिउँ पहिरो आउँदा तारासिंह सार्की (४०), पुन्न सार्की (३५) र वीर बोहरा (३५) बेपत्ता भएको जनाइएको छ । 

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् ।    नेपाल...

थप पढ्नुहोस्

पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ।   शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो।   मृत्य...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा प्लानिङ ब्याइज युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा फ्रेन्डस् क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै प्लानि...

थप पढ्नुहोस्